२८ वर्षपछि इङ्ग्ल्यान्ड सेमिफाइनलमा

इङ्ग्लायन्डका खेलाडी

तस्बिर स्रोत, Getty Images

स्वीडनविरुद्धको क्वार्टर फाइनलको खेलमा इङ्ग्ल्यान्डका खेलाडीले 'हेडर' अर्थात टाउकोले गरेका दुई गोलले ऊस्को सेमिफाइनलको यात्रा सुनिश्चित गरिदिएका छन्।

इङ्ग्ल्यान्डको तर्फबाट ह्यारी म्याग्वाएर र डेली अलीले गोल गरेका थिए।

सन् १९९० यता इङ्ग्ल्यान्ड चार टोलीबीच प्रतिस्पर्धा हुने सेमिफाइनलको चरणमा पुग्न सकेको थिएन।

स्वीडनलाई हराएपछि अब २८ वर्षपछि इङ्ग्ल्यान्ड सेमिफाइनल पुगेको छ।

यात्रा

स्वीडन चाहिँ सन् १९९४ मा क्वार्टर फाइनल चरण पार गर्दै अघि बढेर तेस्रो स्थान हासिल गर्न सफल भएको थियो।

प्रतिस्पर्धा

शनिवार रातिको अर्को खेल रुस र क्रोएशियाबीच हुँदैछ।

यसपालीको विश्वकप पनि इतिहासमैँ लगातार चौथो पटक कुनै युरोपेली टोलीले जित्ने पक्कापक्की भएको छ।

शुक्रवारको खेलमा बेल्जियमले ब्राजिललाई २-१ ले पराजित गर्दै आफ्नो स्थान पक्का गरेको थियो।

त्यस्तै फ्रान्सले युरुग्वेलाई २-०ले पराजित गरेको थियो।