विश्वकप: फ्रान्स र बेल्जियममध्ये कसले मार्ला बाजी?

फ्रान्स र बेल्जियम

फ्रान्स र बेल्जियमबीच जारी विश्वकप प्रतियोगिताको पहिलो सेमिफाइनल खेल नेपाली समयानुसार मङ्गलवार राति ११:४५ बजे सुरु हुँदैछ।

प्रतियोगिता आरम्भ हुँदा दुवै टोलीलाई उपाधिको दाबेदार मानिएको भए पनि उनीहरूमध्ये एउटा टोलीले मात्रै आइतवार मस्कोमा हुने फाइनल खेल खेल्न पाउनेछ।

फ्रान्स विश्वकप १९९८ को विजेता हो भने एकचोटि पनि विश्वकप नजितेको बेल्जियम सन् १९८६ पछि पहिलो पटक सेमिफाइनलमा आइपुगेको छ।

बुधवार इङ्ग्ल्यान्ड र क्रोएशियाबीच हुने दोस्रो सेमिफाइनल खेलबाट उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गर्ने अर्को टोली छानिनेछ।

खेलाडीहरू आक्रामक

दुवै टोलीमा एडन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रोना, आन्तोँ ग्रीज्मन, एम्बाप्पे र पल पोग्बाजस्ता आक्रामक खेलाडीहरू छन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

ग्रीज्मन र लुकाकु

यी खेलाडीहरूका क्षमता तिनका प्रबन्धकले भिन्न किसिमले उपयोगमा ल्याउन खोज्छन्।

सन् १९९८ को उपाधि जित्ने टोलीबाट खेलेका डिडिएई डेशाँले यसपालि फ्रान्सको प्रशिक्षकका रूपमा विश्वकप जित्ने लक्ष्य राखेका छन्।

तर आफ्नो टोलीबाट उत्कृष्ट नतिजा निकाल्न नसकेको भनेर उनको आलोचना गर्ने गरिन्छ।

सीप कि भाग्य?

रुसमा भएका खेलहरूमा फ्रान्स सीपले भन्दा पनि परिणामले भाग्यमानी देखिएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

फ्रान्सले सन् १९९८ मा विश्वकप जितेको थियो

अस्ट्रेलियासँगको प्रारम्भिक खेलमा विपक्षी खेलाडीबाट भएको आत्मघाती गोल, पेरूसँगको १-० को विजय र डेनमार्कसँगको गोलरहित बराबरी।

डेशाँले सँधै सकारात्मक प्रतिक्रिया पाएका छैनन् तर बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजको कार्यकाल भने लगभग दोषरहित देखिन्छ।

झन्डै दुई वर्षअगाडि बेल्जियमको प्रशिक्षकको भूमिका पाएपछि उनले प्रतिस्पर्धात्मक खेलमा पराजय भोग्नु परेको छैन। उनको कार्यकालमा बेल्जियमले १९ जित र पाँच बराबरी खेलेको छ।

क्वार्टर फाइनल खेलमा ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिललाई २-१ ले पराजित गरेको थियो।

उत्कृष्टता

जारी विश्वकपमा बेल्जियमले अहिलेसम्म १४ गोल गरिसकेको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

बेल्जियमले ब्राजिललाई २-१ ले हराएको थियो

सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा कुल १५ गोल गरेको थियो।

छिमेकी राष्ट्र फ्रान्स र बेल्जियमले यसअघि ७३ चोटि खेलिसकेका छन्।

तिनमा बेल्जियमले ३० खेल जितेको छ भने फ्रान्सले २४। नौ खेल भने बराबरीमा टुङ्गिएका थिए।