'शहर डुब्नुमा स्थानीय तहको दोष'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सहरी क्षेत्रमा डुबान: ‍मन्त्री भन्छन्, 'स्थानीय तह दोषी'

  • 13 जुलाई 2018

खासै ठूलो वर्षा नहुँदा समेत राजधानी काठमाण्डूसहित देशका मुख्य सहरी क्षेत्र डुबानमा पर्ने गरेका छन्।

यसै सन्दर्भमा बीबीसीले सहरी विकास मन्त्री महोम्मद इस्तियाक राईलाई सम्पर्क गरी बर्सेनि सहरी क्षेत्र डुबानमा पर्ने समस्या बढ्दा पनि सरकारले किन प्रभावकारी कदम चाल्न नसकेको भनेर सोधेको थियो।

उनले दिएको जवाफका मुख्य पाँच बुँदाहरू-

१. स्थानीय तहले भवनसम्बन्धी आधारभूत संहिता र मापदण्ड मिचेर अनुमति दिने गरेकाले सहरी क्षेत्रमा डुबानको समस्या देखिएको हो।

२. सहरी विकास मन्त्रालयले कानुन बनाइदिने हो, कार्यान्वनय गरिदिने निकाय त स्थानीय तह हुन्।

३. कानुनको व्याख्यासहित सहरी विकास मन्त्रालयले पत्रिकामा सूचना निकालेरै मापदण्ड विपरित स्वीकृति नदिन स्थानीय तहलाई सचेत गराइसकेको छ।

४. डुबानबारे समन्वय नभएको होइन, स्थिर सरकार भएकाले समस्या छैन, अतिक्रमण गर्ने र मापदण्ड मिच्नेलाई कारबाही हुन्छ।

५. दीर्घकालीन समाधानका लागि खोला छेकेर बनाएका संरचनाहरू हटाउनु पर्ने भए हटाइन्छ।

सम्बन्धित सामग्री