क्षतिपूर्ति पाएका छैनन् आफन्तले
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

यूएस-बाङ्ग्ला दुर्घटना: क्षतिपूर्ति पाएका छैनन् मृतकका आफन्तले

  • 16 जुलाई 2018

यूएस-बाङ्ग्ला विमान दुर्घटनामा परी ज्यान गुमाएका २३ जना नेपालीका परिवारले चार महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने राहत वा क्षतिपूर्ति नपाएको गुनासो गरेका छन्।

उनीहरूले सरकारी पक्ष र विमान कम्पनीले आफूहरुलाई बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन्।

नेपालले हवाई उडानसम्बन्धी महासन्धिमा हस्ताक्षर नगरेकोले अर्न्तराष्ट्रिय मापदण्डअनुसार बीमा रकम पाउन कठिन हुने देखिएको छ।

भिडिओ: कमल परियार