'मेडिकल कलेजलाई सम्बन्धन दिँदादेखिनै अनियमितता'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गौरीबहादुर कार्कीसँग

  • 25 जुलाई 2018

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले मेडिकल कलेज सञ्चालनको अनुमति दिँदादेखि नै अनियमितता हुने गरेको बताएका छन्।

उनी गत वर्षको आरम्भतिर गठन गरिएको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष थिए।

मेडिकल काउन्सिल, विश्वविद्यालयदेखि सम्बन्धित मन्त्रालयहरुको समेत मिलेमतोमा पूर्वाधार लगायतका मापदण्ड नपुग्दा पनि मेडिकल कलेज सञ्चालनको अनुमति दिइएको उनको भनाइ छ।

कार्कीले क्षमताभन्दा बढी विद्यार्थी पढाउने सीट दिने गरिएको र परीक्षामा समेत अनियमितता हुने गरेको बताए।

उनका अनुसार आयोगले विभिन्न व्यक्तिहरूलाई कारबाहीको सिफारिस गरेर प्रतिवेदन बुझाएको छ।

उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन भने कार्यान्वयन पनि भएको छैन।

डा. गोविन्द केसीको मागअनुसार गत वर्ष तत्कालीन सरकारले उनको नेतृत्वमा आयोग बनाएको थियो।