प्योङयाङद्वारा अमेरिकी सैनिकका शवका अवशेष फिर्ता

  • 27 जुलाई 2018
कोरियाली युद्ध तस्वीर कपीराइट Getty Images
Image caption कोरियाली युद्धमा ५,३०० अमेरिकी सैनिकहरू मारिएको अमेरिकी अधिकारीहरूको भनाइ छ

उत्तर कोरियाले सन् १९५०को दशकको कोरियाली युद्धताका ज्यान गुमाएका अमेरिकी सैनिकहरूका शवका अवशेषहरू फिर्ता पठाउने प्रक्रिया प्रारम्भ गरेको ह्वाइट् हाउसले जनाएको छ।

उत्तर कोरियाले सन् १९५० देखि चर्किएको कोरियाली युद्धका बेला मारिएका अमेरिकी सैनिकका शवका अंश ठानिएका अवशेषहरू अमेरिका फिर्ता पठाएको छ।

वासिङ्टन र प्योङयाङबीच कूटनीतिक प्रयासहरू सावधानीपूर्वक अघि बढिरहेका बेला उत्तर कोरियाले पछिल्लो कदम चालेको हो।

एक अमेरिकी विमानले उत्तर कोरियाको वोन्सान विमानस्थलबाट ती शवका अवशेषहरू दक्षिण कोरियास्थित अमेरिकी सैन्य अखडा पुर्‍याएका विवरण सार्वजनिक भएका छन्।

ती शवका अवशेषहरूलाई दशकौँदेखि आफ्ना आफन्तको पार्थिव शरीरको प्रतीक्षा गरिरहेका आफन्तहरूले स्वागत गर्ने छन्।

सहमति

उत्तर कोरियाबाट अब परमाणु खतरा छैन: ट्रम्प

'अमेरिकासँग वार्तापश्चात् उत्तर कोरिया क्रुद्ध'

उत्तर कोरियाबारे जान्नुपर्ने ९ कुरा

‘किमलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिनसक्छु’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच जुन महिनामा भएको शिखर बैठकका बेला कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकहरूका शवका अवशेषहरू फिर्ता पठाउनेलगायतका द्विपक्षीय सहमति भएका थिए।

सन् १९५० देखि १९५३ सम्म चर्किएको कोरियाली युद्ध सकिएको ६५ वर्षगाँठको बेला उत्तर कोरियाले पछिल्लो कदम चालेको हो।

त्यो युद्धका बेला अमेरिकाले आफ्ना ५,३०० सैनिकहरू गुमाएको थियो। ती मध्ये हजारौँको अवस्था अज्ञात छ।

अहिले ठ्याक्कै कतिजना सैनिकहरूका शवका अवशेषहरू उत्तर कोरियाबाट फिर्ता पठाइएको छ त्यो प्रष्ट भइसकेको छैन।

उत्तर कोरियाबाट प्राप्त अवशेषहरूको परीक्षणपछि मात्र ती अमेरिकी भूमिमा फिर्ता पठाइने भनिएको छ।

ह्वाइट हाउसले "अमेरिकी सरकार उत्तर कोरियाको काम र सकारात्मक परिवर्तनको क्रमबाट उत्साहित भएको" प्रतिक्रिया दिएको छ।