क्यान्सरबारे ‘जनचेतना आवश्यक’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

स्तन क्यान्सर कसरी पत्ता लगाउने

  • 31 जुलाई 2018

कम सक्रिय जीवन शैली, तयारी खाना खाने प्रवृत्ति , व्यायामको अभाव, सुर्तीजन्य र मादक पदार्थको सेवनजस्ता कारणले नेपालमा क्यान्सरका बिरामीको संख्या बढिरहेको विज्ञहरूले बताएका छन्।

पछिल्लो समयमा नेपालमा खाना नली र स्तन क्यान्सरको समस्या पनि बढिरहेको विज्ञहरू बताउँछन्।

नेपालमा क्यान्सर रोगको अवस्था तिनको जाँच गर्ने विधि र उपचारका विषयमा यो साता काठमाण्डूमा एक सम्मेलनमा विज्ञहरूले छलफल गरिरहेका छन्।

क्यान्सर रोग विशेषज्ञ डाक्टर सन्ध्या चापागाई पनि त्यो सम्मेलनमा सहभागी भइरहेकी छिन्।

तस्वीर कपीराइट Science Photo Library

जाँच

उनी भन्छिन्, "नदुख्ने गाँठो आएको थाहा पाउने बित्तिकै त्यो क्यान्सर रोगको लक्षण हो कि होइन भनेर जाँच गराउनु पर्छ। स्तन वा अन्य अङ्गको गाँठो ठूलो भएर रगत बग्न थालेपछि जाँच्न आउने होइन।"

चिकित्सकहरू भन्छन् बेलैमा उपचार गरे क्यान्सर रोग निको हुन्छ।

नेपालमा खाना नली र स्तन क्यान्सरको अवस्थाबारे क्यान्सर रोग विशेषज्ञ डाक्टर सन्ध्या चापागाईसँग बीबीसी न्यूज नेपालीले गरेको कुराकानीको अंश सुन्न अडिओ लिङ्कमा थिच्नुहोला।

क्यान्सरको औषधिको मूल्यमा 'मनोमानी'

क्यान्सर परीक्षणमा ठूलो उपलब्धि: वैज्ञानिक