कल्याण श्रेष्ठसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'न्यायाधीश नियुक्त गर्ने संरचनामै समस्या'

  • 5 अगस्ट 2018

भूतपूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायाधीश नियुक्त गर्ने न्यायपरिषद्‍मा राजनीतिक व्यक्ति बहुमतमा रहेको भन्दै त्यसको पुनर्संरचनाको खाँचो औँल्याएका छन्।

पछिल्ला वर्ष कहिले महाभियोग, कहिले प्रमाणपत्र र उमेरको विवाद त कहिले न्याय सम्पादनमाथिको प्रश्नका कारण प्रधानन्यायाधीश वा त्यस पदमा प्रस्तावित व्यक्ति विवादमा तानिने गरेका छन्।

उनले संविधानले तोके अनुसार प्रधानन्यायाधीशको अवकासभन्दा एक महिनाअघि सिफारिस हुनु पर्ने र भएको व्यक्तिबारे संसदीय सुनुवाइमार्फत् टुङ्गो लगाउनु पर्ने व्यवस्था छ।

तर त्यसमा भएको ढिलाइ कुनै पनि किसिमले अस्वीकार्य हुन नहुने श्रेष्ठको भनाइ छ।

नयाँ संविधान जारी भएयता त्यस विषयमा गम्भीर नभएको उनको टिप्पणी छ।

न्यायाधीश नियुक्त गर्ने न्यायपरिषद्‍मा समेत न्यायपालिका अल्पमतमा र राजनीतिक सदस्यहरू बहुमतमा रहने व्यवस्था त्रुटिपूर्ण रहेको उनको भनाइ छ।

साप्ताहिक कार्यक्रम नेपाल सन्दर्भका लागि शरद केसीले उनीसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश।