नोबल पुरस्कार विजेता लेखक भिएस नेइपल रहेनन्

  • 12 अगस्ट 2018
भीएस नाइपल तस्वीर कपीराइट Getty Images

नोबल साहित्य पुरस्कार विजेता लेखक भिएस नेइपालको ८५ वर्षको उमेरमा लण्डनस्थित उनको निवासमा निधन भएको परिवारले जनाएको छ।

सन् १९३२ मा ट्रिनिडाडमा जन्मिएका उनी आफ्ना महान् साहित्यिक कृति 'अ हाउस फर मिस्टर विश्वास' र 'अ बेन्ड इन द रिभर'का लागि चर्चित छन्।

३० भन्दा बढी पुस्तक लेखेका भिएस नेइपालले सन् १९७१ मा बुकर पुरस्कार जितेका थिए भने सन् २००१ मा साहित्यतर्फ नोबल पुरस्कार जितेका थिए।

उनकी श्रीमतीले नेइपालले "जे जे हासिल गरे त्यो बृहत् भएको" बताएकी छन्।

'साहित्यका महारथी'

ब्रिटिश लेखक इसिगुरोलाई नोबेल साहित्य पुरस्कार

नोबेल साहित्य पुरस्कार यो वर्ष प्रदान नगरिने

नेइपालको आफ्ना प्रियजनका माझ नै मृत्यु भएको उनकी श्रीमतीले बताएकी हुन्।

नेइपालका निकट साथी तथा मेल पत्रिकाका सम्पादक जियोर्डी ग्रेगले उनको निधनले ब्रिटेनको साहित्यिक सम्पदामा एउटा अपूरणीय क्षति पुगेको तर उनका कृतिहरू भने सँधै जीवित रहनेमा कुनै शंका नरहेको बताएका छन्।

सामाजिक सञ्जालहरूमा पनि नेइपालका प्रशंसकहरूले उनको निधनप्रति दुख व्यक्त गरेका छन्।

लेखक आनन्द गिरिधरादासले आफूले नेइपालबाट धेरै कुरा सिकेको बताएका छन् भने अर्का लेखक जीत हिरले उनलाई शक्तिशाली उपन्यासकार भनेका छन्।

तस्वीर कपीराइट NICK HARVEY

सौन्दर्य लेखिका पट्रिस योरसिकले उनलाई क्यारिबियन साहित्यका महारथी भनेकी छन्।

बाल्यकाल

एकजना प्रशंसकले आफूलाई पढ्नका लागि नेइपालले जति कसैले प्रेरित नगरेको भनेका छन् भने अर्का एकजनाले चाहिँ नाइपलको अ हाउस फर मिस्टर विश्वासको सम्झना आफूसँग तीस भन्दा बढी वर्षदेखि रहँदै आएको भनि ट्वीट गरेका छन्।

नेइपाल सानै छँदा उनलाई उनका बाबुले शेक्सपियर र डिकेन्सका किताब पढेर सुनाउँथे।

हिन्दु धर्म अनुसार हुर्किएका उनले ट्रिनिडाडस्थित क्विन्स रोयल कलेजमा पढेका थिए।

त्यसपछि उनी ब्रिटेन गए र त्यहाँ सन् १९५० मा सरकारी छात्रवृत्तिमार्फत् उनी अक्सफर्ड विश्वविद्यालयमा भर्ना भए।

विद्यार्थी हुँदा उनलाई उदास हुने रोग डिप्रेसन भएको थियो र आत्महत्याको प्रयाससमेत गरेका थिए।

वैवाहिक जीवन

उनको पहिलो पुस्तक 'द मिस्टिक मसुर' सन् १९५१ मा प्रकाशित भएको थियो र त्यसको एक दशकपछि उनको सबैभन्दा रुचाइएको पुस्तक अ हाउस फर मिस्टर विश्वास प्रकाशित भएको थियो।

उक्त पुस्तक लेख्न उनले ३ वर्षभन्दा बढी समय लगाएका थिए।

उनको पहिलो श्रीमती प्याट्रिसिया हेलको सन् १९९६ मा निधन भएको थियो र त्यसपछि उनले पाकिस्तानी पत्रकार नदिरालाई विवाह गरेका थिए।

उनी स्पष्टवक्ता थिए र ब्रिटेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको आलोचकका रूपमा चिनिएका थिए।

सम्बन्धित सामग्री