उपमेयरहरूको असन्तुष्टि बढ्नुको कारणबारे काठमाण्डू महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी-श्रेष्ठ
उपमेयरहरूको असन्तुष्टि बढ्नुको कारणबारे काठमाण्डू महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी-श्रेष्ठ
नयाँ कानुनी व्यवस्था अनुसार देशैभरका स्थानीय तहको उपप्रमुखमा महिलाहरू निर्वाचित भएका छन्।
तर उनीहरू अध्यक्ष वा मेयरको छायामा पर्न थालेको गुनासो सुनिन थालेको छ।
काठमाण्डू महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी-श्रेष्ठको भनाइमा कर्मचारीले पनि उपमेयरलाई नटेर्ने हुनाले उपमेयरहरूको भूमिका आधारहीन हुन थालेको छ।
तस्बिर स्रोत, Hariprabha/Facebook
उनले देशैभरका उपमेयरहरुलाई समेटेर संघर्ष समिति बनाउन छलफल सुरु भएको बताएकी छन्।