पूर्व महासचिव कोफी आननको निधन

  • 18 अगस्ट 2018
आनन तस्वीर कपीराइट AFP

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी आननको स्वीट्जरल्याण्डको एक अस्पतालमा निधन भएको छ।

संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी आननको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

८० वर्षीय आनन बिरामी परेपछि अस्पतालमा उपचार भइरहेको थियो।

प्रतिबद्ध

तस्वीर कपीराइट AFP

उनको निधनबारे पुष्टि गर्दै उनको परिवारले उनी एक विश्वव्यापी राजनेता भएको जो आफ्नो जीवनभर अझ समान तथा शान्तिपूर्ण विश्वका लागि गहिरो रूपमा प्रतिबद्ध रहेको बताएको छ।

संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने उनी पहिलो अश्वेत अफ्रिकी हुन्।

तस्वीर कपीराइट AFP

सन् १९९७ देखि २००६ को बीचमा दुई पटकसम्म उनले महासचिवको कार्यभार सम्हालेका थिए।

सन् २००१ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो।