दुई मन्त्री र गुप्तचर प्रमुखको राजीनामा अस्वीकृत

  • 26 अगस्ट 2018
सुरक्षा तस्वीर कपीराइट .

अफगानिस्तानका राष्ट्रपति असरफ गनीले गृह र रक्षामन्त्रीहरू तथा गुप्तचर प्रमुखले दिएको राजीनामा अस्वीकृत गरेका छन्।

राष्ट्रिय सुरक्षा सल्लाहकार हनिफ अतमरले सरकारसँग गम्भीर विमतिहरू रहेको बताउँदै पदबाट राजीनामा दिएको केही घण्टापछि उनीहरूले पनि त्यही बाटो रोजेका थिए।

तर राष्ट्रपतिले ती तीनै जनालाई सुरक्षा अवस्थामा सुधार तुल्याउने काम अघि बढाउन र नियमित कामलाई निरन्तरता दिन निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ।

केही दिनयता बढ्दै गएका हिंसाका घटनाका बीच अफगान राजनीतिमा नयाँ मोड देखा परेको हो।

कारण के?

सन् २०१४ मा नियुक्त अतमर राष्ट्रपति असरफ गनी निकट मानिन्थे।

उनी र राष्ट्रपतिबीच विवादको विस्तृत विवरण थाहा भएको छैन।

तर स्थानीय समाचारमाध्यमले अतमरले आउँदो राष्ट्रपतीय चुनावमा गनीलाई चुनौती दिने तयारी गरिरहेको उल्लेख गरेका छन्।

राष्ट्रिय सुरक्षा सल्लाहकार अतमरको स्थान अमेरिकाका लागि अफगान राजदूत हमदुल्लाह मोहिबले लिनेछन्।

तस्वीर कपीराइट Reuters

नेता मारिए

यस्तो घटनाक्रमकाबीच अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले जारी गरेको एक विज्ञप्तिका अनुसार इस्लामिक स्टेटका एकजना नेता मारिएका छन्।

अबु साद इरहाबी एक वर्षमा अफगानिस्तानमा मारिने चौथो नेता हुन्।

आइएसका दुईवटा अखडाहरूमा अफगान तथा विदेशी फौजले संयुक्त रूपमा गरेको स्थलगत तथा हवाई कारवाहीका क्रममा ठूलो मात्रामा हातहतियार र विस्फोटक पदार्थ नष्ट गरिएको बताइएको छ।

अफगान तथा नेटो नेतृत्वको फौज दुवैले अबु साद इरहाबी मारिएको जनाएका छन्।

सम्बन्धित सामग्री