आफू जीवित रहेको प्रमाणित गर्न खोज्दैछन् रामसेवक
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

आफू जीवित रहेको प्रमाणित गर्न खोज्दै रामसेवक यादव

  • 31 अगस्ट 2018

महोत्तरीका ५८ वर्षीय रामसेवक यादव जीवित छन्, तर राज्यको दृष्टिमा उनको मृत्यु भइसक्यो।

आफ्नै मृत्युदर्ताको प्रमाणपत्र बोकेर उनी आफू जीवित रहेको प्रमाण जुटाउन खोज्दैछन्।

छब्बीस वर्ष भारतमा बसेर चार वर्षअघि घर फर्किएका यादवका अनुसार उनको सम्पत्ति आफन्तले मृत्यु दर्ता गराएर बेचिसकेका रहेछन्।

अहिले उनले स्थानीय कुटीमा शरण लिएका छन्, र अरूसँग मागेर वा सानोतिनो काम गरेर जीविकोपार्जन गर्छन्।

कानुन व्यवसायीहरूका अनुसार यादवको मृत्युदर्ताको प्रमाणपत्र रद्द भएदेखि उनको पैतृक सम्पत्तिमा स्वत: अंश लाग्न सक्छ।

न्याय खोज्दै उनले स्थानीय प्रशासन र प्रदेश नं २ का प्रमुखलाई समेत गुहारिसके, तर अझै कानुनी रूपमा उनी 'जीवित' भइसकेका छैनन्।

हेर्नुहोस् यो भिडिओ।

सम्बन्धित सामग्री