उपचार नपाएर ज्यान गए कसले जिम्मा लिने?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

उपचार नपाएर ज्यान गए कसले जिम्मा लिने?

  • 3 सेप्टेम्बर 2018

नयाँ मुलुकी ऐनका केही प्रावधानको विरोध गर्दै आन्दोलन थालेका चिकित्सकहरूप्रति सरकारले कडा रवैया अपनाउने सङ्केत गर्दै आन्दोलन जारी राखिए अत्यावश्यक सेवा ऐन अनुसार कारबाही र जरिवान गर्ने चेतावनी दिएको छ।

तर चिकित्सकहरूले सरकारी चेतावनीको बेवास्ता गर्दै आन्दोलन चर्काउने बताएका छन्।

यसै विषयमा हामीले नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठसँग कुरा गरेका छौँ।

हाम्रो पहिलो प्रश्न छ, "सरकारसँग कुरा मिलिसकेको भन्दा भन्दै तपाईँहरूले आन्दोलन किन शुरू गरेको?"