थाईल्यान्ड: प्रहरी तालिम केन्द्रद्वारा महिला भर्ती बन्द

  • 3 सेप्टेम्बर 2018
प्रहरी तस्वीर कपीराइट Getty Images

थाईल्यान्ड प्रहरीको एउटा प्रतिष्ठित तालिम केन्द्रले आउँदो वर्षबाट महिलाहरूलाई भर्ती नगर्ने घोषणा गरेको छ।

अधिकार समूहहरूले त्यसको आलोचना गरेका छन्।

एक सय वर्ष पहिले स्थापना भएको 'द रोयल पुलिस क्याडेट अक्याडमी' ले एक दशकअघि मात्र महिलाको आवेदन लिन थालेको थियो।

अवमूल्यन

तर अहिने कुनै कारण नखुलाई त्यो निर्णय उल्टाइएको छ।

केही समयअघि थाई प्रहरी बलले महिलाहरू प्राय: घरायसी काममा अतिव्यस्त हुनु परेको दाबी भन्दै उनीहरू अनुसन्धानकर्ता बन्ने ढोका बन्द गरिदिएको थियो।

अधिकार समूहहरूले प्रहरी प्रतिष्ठानको निर्णयले लैङ्गिक समानताको अवमूल्यन गरेको बताएका छन्।

बलात्कार र यौनदुर्व्यवहारजस्तै महिलाविरूद्धका निश्चित अपराधको अनुसन्धान त्यस निर्णयका कारण प्रभावित हुने उनीहरूको धारणा छ।

सम्बन्धित सामग्री