हजारबाट लखपति बनाएको ढाका उद्योग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ढाका उद्योगले लखपति बनेकी देविका

  • 5 सेप्टेम्बर 2018

आर्थिक तथा पारिवारिक कारणले कक्षा पाँचभन्दा माथि पढ्न नसकेपछि उद्यमी बन्ने उद्देश्यले गाँउबाट बजार पस्दा इलाम सोयाङकी देविका लिम्बुले जताततै चुनौती मात्रै देखिन्।

तर चाडबाडमा आफन्तले टीका लगाएर दिएको दक्षिणा र पेवा समेत गरी २५ हजार रुपैयाँबाट व्यवसाय थालेकी इलामकी देविका लिम्बु मेहनत र लगनशीलताका कारण अहिले ढाका उद्योगकी सञ्चालिका बनेकी छन्।

सीपले निखारिएर ढाका बुन्ने धागोलाई जीवन उद्धार गर्ने डोरीको सहारा बनाएकी देविकाले सोही ढाकाको डोरीबाट कैयौँ महिलालाई स्वावलम्बी पनि बनाएकी छन्।