हात्ती भगाउने उपकरण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

केन्या: छात्राले बनाए हात्ती धपाउने उपकरण

  • 6 सेप्टेम्बर 2018

केन्यामा सान्द्रा लुकिन्डो नाम गरेकी छात्रा र उनका सहपाठीहरूले गाउँ छिरेका हात्ती धपाउन एउटा उपकरण बनाएका छन्।

सो उपकरण सौर्य ऊर्जाबाट चल्छ र १० किलोमिटर परबाटै हात्ती आएको पत्ता लगाउँछ।

हात्ती आएको सूचना दिन त्यसबाट स्वचालित रूपमै गाउँले, वन्यजन्तु हेर्ने निकाय र वनका सुरक्षाकर्मीलाई एसएमएस जान्छ।

सो उपकरणले मानव र हात्तीबीच हुने द्वन्द्व घटाउन सघाउने विश्वास त्यसको निर्माण गर्ने छात्राहरूले राखेका छन्।

हेर्नुहोस् यो भिडिओ।