धोबीखोलामा भएका पुलका नाम किन रङ्गीन
धोबीखोलामा भएका पुलका नाम किन रङ्गीन
राणा प्रधानमन्त्री चन्द्र समसेरले धोबीखोलामाथि भएका काठका पुराना पुलको ठाउँमा फलामका दुईवटा नयाँ पुल बनाउन लगाए।
पशुपतिनाथको दर्शन गर्न जान सजिलो होस् भनेर बेलायतबाट पाटपुर्जा झिकाएर बनाइएका ती पुलको नाम कालोपुल र रातोपुल रहन पुग्यो।
ती पुराना पुल अब बाँकी छैनन्। तर तिनको ठाउँमा बनाइएका नयाँ पुलले भने पुरानै नाम पाएका छन्।
हिजोआज धोबीखोलामा भएका अरू पुलमा पनि फरक रङ्ग लाएर रङ्गअनुसार नै नयाँ नाम दिइएको छ।
हेर्नुहोस् यो भिडिओ।
भिडिओ: सृजना श्रेष्ठ