हेलिकोप्टर दुर्घटना: एकजनाको जीवितै उद्धार

हेलिकोप्टर

तस्बिर स्रोत, BBC/Shaktimaya Tamang

तस्बिरको क्याप्शन,

दुर्घटनास्थल पुगेका सुरक्षाकर्मीहरू उद्धारमा खटिएका छन्

बिहानदेखि सम्पर्कविहीन भएको एल्टिट्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका वडा नम्बर ४ मुइलम ब्रा भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

जंगलमा झर्दा रूखहरूमा ठोक्किएर हेलिकोप्टर टुक्रा परेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,

विमान दुर्घटना: क्षतिपूर्ति पाएका छैनन् मृतकका आफन्तले

नेपाली सेना र नेपाल प्रहरी उद्धारमा संलग्न छन्।

उद्धार

तस्बिर स्रोत, BBC/Shaktimaya Tamang

घाइते अवस्थामा उद्धार गरिएकी एक यात्रुलाई उपचारको निम्ति लगिएको छ।

हेलिकोप्टर

तस्बिर स्रोत, BBC/Shaktimaya Tamang

दुर्घटनास्थल पुगेकी बीबीसी नेपाली सेवाकी समाचारदाता शक्तिमाया तामाङका अनुसार अहिलेसम्म हेलिकोप्टरमा सवार अन्य छजनाको शव फेला परेको प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिएका छन्।

दुर्घटनास्थल

तस्बिर स्रोत, BBC/Shaktimaya Tamang

एक पाइलटसहित सातजना सवार थिए, जसमध्ये एक जापानी नागरिक भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जनाएका छन्।

गोरखा जिल्लाबाट काठमाण्डू फर्कदैँ गर्दा हेलिकोप्टर शनिवार बिहानैदेखि सम्पर्कविहीन भएको थियो।