क्रिकेट लिग प्रतियोगिताका फाइदा के?
क्रिकेट लिग प्रतियोगिताका फाइदा के?
विश्व क्रिकेटका अगुवा देशमा समेत महत्त्वपूर्ण मानिने व्यावसायिक लिग प्रतियोगिता नेपालमा पनि फस्टाउन थालेपछि त्यसले खेलको स्तरसँगै खेलाडीलाई आर्थिक रूपले आत्मनिर्भर बनाउन सघाउने विज्ञहरूले बताएका छन्।
लिग प्रतियोगिता गर्नका निम्ति क्रिकेट पूर्वाधारको विकास हुने र युवा खेलाडीले समेत अवसर पाउने हुनाले क्रिकेटमा नेपालको अग्रसरतामा थप बल पुग्ने उनीहरू ठान्छन्।
तर करोडौँ रुपैयाँको लगानी हुने भएकोले व्यावसायिकतासँगै खेल मिलेमतो र भ्रष्टाचार जस्ता विषय जोडिने जोखिमतर्फ समेत सचेत हुनुपर्ने कतिपयको सुझाव छ।
नेपालमा व्यावसायिक घरेलु लिग स्थापित हुँदै जानुमा खेलाडीहरूले अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त गरेको उपलब्धि प्रमुख मानिएको छ।