लेखनाथ पौडेल र केदारनाथ उप्रेतीसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लेखनाथ पौडेल र केदारनाथ उप्रेतीसँग

  • 28 अक्टोबर 2018

सरकारले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणितलाई इच्छाधीन विषय बनाउने र जीवन उपयोगी भनिएका विषयहरू थप्ने व्यवस्था गरेको छ।

'विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७५'मा गरिएको उक्त व्यवस्थापछि पहिले पाँचवटा विषय पढिरहेका कक्षा ११ र १२ का विद्यार्थीले अब सातवटा विषय अध्ययन गर्नुपर्नेछ।

उक्त निर्णयका पक्ष र विपक्षमा बहसहरू भइरहेका छन्। सरकारले यो निर्णयबाट वार्षिक रूपमा झन्डै तीन लाख विद्यार्थीहरूमाथिको अनावश्यक बोझ हट्ने दावी गरेको छ।

तर गणित विज्ञहरूले विद्यार्थीलाई गणित सम्बन्धी ज्ञानको अभाव हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

परिवर्तन गरिएको उक्त प्रावधान र त्यसका असरबारे शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेल र त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका प्रमुख प्राध्यापक केदारनाथसँगको छलफल।

सम्बन्धित सामग्री