ब्राजिलः दक्षिणपन्थी र वामपन्थी उम्मेदवारबीच प्रतिस्पर्धा

  • 28 अक्टोबर 2018
ब्राजिल तस्वीर कपीराइट AFP

ब्राजिलमा नयाँ राष्ट्रपति चयन गर्नका लागि दोस्रो तथा अन्तिम चरणको राष्ट्रपतीय निर्वाचनअन्तर्गत मतदान भइरहेको छ।

एक अर्काभन्दा एकदमै विपरीत धारणा भएका उग्र-दक्षिणपन्थी उम्मेद्वार जइर बोल्सोनारुले वर्कश पार्टीका फर्नान्डु अडाडको सामना गर्दैछन्।

भ्रष्टचार प्रकरणहरू तथा बोल्सोनारूमाथि भएको छुरी आक्रमणका कारण राष्ट्रपतीय चुनाव भने ओझेलमा परेकोजस्तो देखिएको छ।

सो आक्रमणपश्चात् बोल्सोनारुको शरीरबाट ४० प्रतिशत रगत बगेको थियो र आपत्‌कालीन शल्यक्रिया पनि गरिएको थियो।

ब्राजिल चुनाव: जेलमा रहेका लुलाले चुनाव नलड्ने

ब्रजिलमा दशकौँयताकै धुव्रीकृत निर्वाचन

दाबी

सेनाका भूतपूर्व कप्तान ६३ वर्षीय बोल्सोनारू एउटा सानो तथा अनुदारवादी सोसल लिबरल पार्टीको प्रतिनिधित्व गर्दछन्।

उनले आपराधिक गतिविधिहरू तथा हत्याको दर कम गर्ने वाचा व्यक्त गरेका छन्।

तर गर्भपतन, जातिवाद, आप्रवासन, समलिङ्गी तथा बन्दुक स्वामित्वसम्बन्धी कानुनबारे उनले जनाएका उक्साउने खालका टिप्पणीहरूका कारण उनको आलोचना हुने गरेको ‌छ।

तर ब्राजिलले खोजिरहेको परिवर्तन बोल्सोनारूले मात्र दिन सक्ने बोल्सोनारूका समर्थकहरूले दाबी छ।

तस्वीर कपीराइट EPA

मतसर्वेक्षण

साओ पाउलो शहरका भूतपूर्व मेयर रहेका वर्कश पार्टीका अडाडलाई वर्कश पार्टीका भूतपूर्व प्रमुख लुइज इनासियो डा सिल्भाले अडाडलाई समर्थन गरेका छन्।

अडाड लेबननी आप्रवासीका सन्तान हुन्।

भ्रष्टचार अभियोगमा १२ वर्षको जेलसजाय काटिरहेका सिल्भालाई चुनावमा उठ्न अयोग्य ठहर गरिएपछि उनको ठाउँमा वर्कस पार्टीका तर्फबाट अडाड राष्ट्रपतिको उम्मेद्वारमा उठेका हुन्।

राष्ट्रपतीय चुनावमा विजयी हुने उम्मेद्वारले अनुदारवादी ब्रजिलियन डेमोक्र्याटिक मुभमेन्ट पार्टीका तथा वर्तमान राष्ट्रपति मिशेल टेमेरको स्थान लिनेछन्।

शनिवार प्रकाशित गरिएको अन्तिम मतसर्वेक्षणमा अडाडप्रति समर्थन बढेको देखिए पनि बोल्सोनारुले ५५ प्रतिशत मत ल्याई चुनाव जित्ने ठानिएको छ।

ब्राजिलका सबै २७ वटा राज्यमा गभर्नरहरू चुन्नका लागि पनि मतदान भइरहेको छ।

सम्बन्धित सामग्री