श्रम सम्झौताप्रति व्यवसायी किन असन्तुष्ट
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

श्रम सम्झौताप्रति व्यवसायी किन असन्तुष्ट

  • 31 अक्टोबर 2018

मलेशियासँगको श्रम समझदारी अनुसार अब नेपाली कामदारको सेवा, हवाई टिकट, भिसा, सुरक्षा जाँच लगातयका शुल्क रोजगारदाताले नै बेहोर्नेछन्।

पछिल्लो समझदारीपत्रले अब उप्रान्त नेपाली श्रमिकले अतिरिक्त व्ययभार बेहोर्नुनपर्ने गरी समाधान खोजेको सरकारको तर्क छ।

तर सो समझदारीका कारण मलेशियाका रोजगारदाताले लग्ने नेपाली कामदारको सङ्ख्या घट्न सक्ने वैदेशिक रोजगार व्यवसायीहरूले चेतावनी दिएका छन्।

उनीहरूको तर्क छ, सेवा शुल्क बापत नेपाली म्यानपावर कम्पनीलाई आधा महिनाको तलब दिएर उनीहरूले नेपाली कामदार नलग्न पनि सक्छन्।

यसै सन्दर्भमा हामीले वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङलाई सोधेका थियौँ- श्रम सम्झौतामा तपाईँहरूको आपत्ति चाहिँ केमा हो?

सुन्नुहोस् उनीसँगको अन्तर्वार्ता।

सम्बन्धित सामग्री