निमोनियाँबाट कसरी जोगिने
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जाडोमा निमोनियाबाट कसरी बच्ने

  • 12 नोभेम्बर 2018

निमोनियाका कारण बर्सेनि विश्वभरि लाखौँ मानिसको ज्यान जाने गर्छ।

नेपालमा पनि हरेक वर्ष हज्जारौँलाई निमोनियाले सताउने गरेको बताइन्छ।

विशेषगरी बालबालिका र वृद्ध उमेरकालाई यसले धेरै सताउने गरेको चिकित्सकहरू बताउँछन्।

बढ्दो प्रदूषण र खानपानका कारण पनि निमोनिया बढिरहेको बताइन्छ।

सावधानी

किटाणुबाट सर्ने भएकाले यसबाट बच्न सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव हुने गर्छ।

जाडो मौसममा निमोनिया बढी फैलने भएकाले चिसोबाट बच्नुपर्नेमा उनीहरू जोड दिन्छन्।

नोभेम्बर १२ - विश्व निमोनिया दिवसको सन्दर्भमा हाम्रा साथी विष्णु पोखरेलले बालरोग विशेषज्ञ डा. निमा श्रेष्ठलाई नेपालमा निमोनियाको जोखिम कत्तिको छ? भनी सोधेका थिए।

सुनौँ उनीसँगको कुराकानी।