डडेलधुरामा बस दुर्घटना, '१६ को मृत्यु'

  • 22 नोभेम्बर 2018
bus
Image caption फाइल तस्विर

बिहीवार साँझ डडेल्धुरामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। १० जनाको घटनास्थलमै तथा छजनाको अस्पताल पुर्याएपछि मृत्यु भएको बताइएको छ।

कम्तिमा २७ जना घाइते भएको बताइएको छ।

डडेल्धुरामा रहेको उग्रतारा मन्दिरमा भएको मेलामा गएर फर्किएका तिर्थालु बोकेको बस दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

उनले भने, "घटनास्थलबाट हामीले १० वटा लास निकाल्यौं। अस्पताल पुर्याइएका २७ जना घाइते मध्ये ६ जनाको मृत्यु भएको खबर आएको छ।"

डडेल्धुराबाट दिपायल जाँदै गरेको बस करिब एक सय ५० मिटर तल खोलामा खसेको प्रजिअ जोशीले बताए।

घटनास्थलमा तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन्।

बसमा कतिजना यात्रु रहेका थिए भन्ने अझै स्पष्ट भइसकेको छैन।

सम्बन्धित सामग्री