१२ सय वर्ष पुरानो त्रिपिटक
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपालमा १२ सय वर्ष पुरानो त्रिपिटक

  • 24 नोभेम्बर 2018

नेपालको राष्ट्रिय अभिलेखालयको सङ्कलनमा बौद्ध धर्मको एउटा प्राचीन ग्रन्थ 'विनयपिटक' रहेको छ।

भगवान् बुद्धका उपदेशको सङ्कलन मानिने त्रिपिटकका तीन खण्डमध्ये विनयपिटक एउटा हो।

काठमाण्डूस्थित अभिलेखालयमा राखिएको सो ग्रन्थ आठौँ शताब्दीमा लेखिएको अनुमान गरिएको छ।

उक्त पाण्डुलिपि ताडपत्रका चार पानामा छ।

केही विज्ञहरूले यो ग्रन्थ'संसारकै सबैभन्दा पुरानो' त्रिपिटक भएको दाबी पनि गरेका छन्। तर त्यो पुष्टि गर्न पर्याप्त वैज्ञानिक आधार भने नपुगेको राष्ट्रिय अभिलेखालयकी प्रमुख सौभाग्य प्रधानाङ्ग बताउँछिन्।

त्रिपिटकविज्ञ दुन्डबहादुर बज्राचार्यका अनुसार विभिन्न देशमा पाइएका त्रिपिटक नेपाली र नेवारी भाषामा अनुवाद भएका छन्।

उनको नेतृत्वमा रहेको वीर-पूर्ण पुस्तक सङ्ग्रहालयले पाली भाषामा लेखिएको ४५ खण्डको त्रिपिटक पहिलो पटक प्रकाशित गर्दैछ।

के हो त्रिपिटक?

बुद्धवचनलाई पहिलो पटक श्रीलङ्कामा लिपिबद्ध गरिएको मान्यता छ। त्यसरी सङ्कलित ग्रन्थलाई त्रिपिटिक भनिन्छ।

त्रिपिटकका तीन खण्ड छन् - विनयपिटक, सुत्तपिटक र अभिधम्मपिटक।

राष्ट्रिय अभिलेखालयमा रहेको १२०० वर्ष पुरानो त्रिपिटको बारेमा सृजना श्रेष्ठले बनाएको यो भिडिओ

सम्बन्धित सामग्री