तीन कोइरालाबीच सहमति: पौडेललाई काँध थाप्लान?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाली कांग्रेस: कोइराला समूहले पौडेललाई काँध थाप्ला कि आफू मात्रै अघि बढ्ला?

  • 28 नोभेम्बर 2018

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आउँदो महाधिवेशनमा कोइराला परिवारबाट जोसुकै उठे पनि सघाउने गरी आफूहरूबीच एकता रहेको बताएका छन्।

तस्वीर कपीराइट Facebook

आफूसहित कोइराला परिवारका सदस्य, पार्टी महामन्त्री, डा. शशाङ्क र सुजाता एक ढिक्का रहेको उनको भनाइ छ।

उनीहरूले हालसालै सँगै बसेर खिचिएका फोटो सार्वजनिक गरेका थिए।

त्यसलाई कतिपयले पार्टी महाधिवेशनमा भावी नेतृत्वको निम्ति कोइराला परिवारको अग्रसरताको रूपमा लिएको पाइन्छ।

तर बीबीसीसँगको अन्तर्वार्तामा उनले त्यसबारे कुरा नभएको बताए।

महामन्त्री शशाङ्क कोइरालाले आफू पार्टी सभापतिको आकाङ्क्षी रहेको बताउने गरेका छन्।

कोइराला परिवारको एकताको अर्थ उनी सभापतिमा उठेमा शेखर सघाउन तयार छन् त?

शेखर कोइराला भन्छन्, "म आकाङ्क्षी भएमा उहाँले पनि छाड्नुहुन्छ, त्यसरी बुझ्नोस्, हामीहरूप्रति दुबिधा नराख्नोस्।"

पौडेललाई काँध?

तस्वीर कपीराइट .

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निधनपछि गत चुनावमा पार्टीभित्रको उक्त धारको नेतृत्व गर्दै नेता रामचन्द्र पौडेलले सभापतिमा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए।

अहिलेसम्म पौडेल सभापति र प्रधानमन्त्री पनि नभएकाले कोइराला परिवारले उनलाई नै फेरि अघि सार्ला कि उनीहरू आफू मात्रै अघि बढ्लान् भन्ने जिज्ञासा पाइन्छ।

तर नेता कोइरालाले पौडेलले अवसर नपाएको कुरा अस्वीकार गर्दै सभापतिमा देउवासँग हारेको बताए।

त्यसको अर्थ कोइराला परिवार अब उनलाई काँध थाप्न नसक्ने निचोडमा पुगेको हो?

नेता शेखर कोइरालाले भने, "काँध थाप्न पनि सकिन्छ। तर रामचन्द्रजी, शेरबहादुरजी र धेरै जीहरू हुनुहुन्छ, कसको दृष्टिकोण ठिक हुन्छ भन्ने कुरा महाधिवेशनमा कार्यकर्ताले भन्छन्।"

सम्बन्धित सामग्री