सम्मेलनबारे सुरुमै मेरो आपत्ति: प्रवक्ता श्रेष्ठ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

एशिया प्यासिफिक सम्मेलनः नारायणकाजी श्रेष्ठ भन्छन्, 'सुरुदेखि नेताहरूसँग मेरो मतभेद थियो'

  • 5 डिसेम्बर 2018

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ताले निकै विवादित बन्न पुगेको एशिया प्यासिफिक सम्मेलन हुने कुरा चल्दा नै आफूले पार्टीभित्र आपत्ति जनाए पनि सुनुवाइ नभएको बताएका छन्।

छ महिनाअघि नै उक्त सम्मेलन आयोजना हुनेबारे पार्टीमा कुरा हुँदा आफूले असहमति जनाएको उनको भनाइ छ।

प्रधानमन्त्री र सरकार सम्मेलनमा प्रत्यक्ष रूपमा सहभागी भएपछि पार्टीका नेताहरूले समेत चर्को आलोचना गरिरहेका छन्।

छ महिनाअघिको कुरा स्मरण गर्दै प्रवक्ता श्रेष्ठले भने, "सम्मेलन हुने र त्यसमा पार्टी तथा सरकारको सहभागिताको प्रसङ्ग आएपछि मैले आपत्ति जनाएको हो। प्रचण्ड कमरेड त्यति खुसी त देखिनुभएको थिएन, तर उहाँले हुँदैन भनेको भए अलग परिस्थिति हुन्थ्यो।"

पछिल्ला दिनमा कतिपय विषयमा वरिष्ठ नेता माधव नेपालसँग प्रवक्ता श्रेष्ठको मत मिल्ने गरेको बताइन्छ।

छानबिन

नेता नेपालको नाम सम्मेलन आयोजक संस्थासँग लामो समयदेखि जोडिने गरेको छ।

उनको धारणाबारे प्रवक्ता श्रेष्ठले भने - "'यो ठिक भएन, माधव कमरेड' भनेकै हो। उहाँले 'हैन, यो एकदम बेस हुन्छ भन्नुभयो' र सहभागी हुनुभयो। त्यसबारे उहाँसँग मेरो गम्भीर मतभेद भयो।"

नेता भीम रावलले आयोजक संस्थाबारे छानबिन हुनुपर्ने माग पनि गरेका छन्।

पार्टी बैठकमा समग्रमा छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ।

उनले एक-दुई दिनमै सचिवालय र त्यसपछि स्थायी समितिको बैठक हुने पनि जानकारी दिए।