पर्सा, ठोरीमा घरबासले जगाएको आशा

पर्साको ठोरीमा सामुदायिक होमस्टे अर्थात घरबासको सुविधा सुरु भएपछि पर्यटकहरूलाई मात्र होइन स्थानीय तामाङ समुदायलाई पनि लाभ मिल्न थालेको छ।

चितवन राष्ट्रिय निकुञ्जदेखि पारि पर्ने पर्साको ठोरी गाउँमा सामुदायिक होमस्टे अर्थात घरबास कार्यक्रम थालिएपछि स्थानीय तामाङ समुदायले त्यसबाट प्रत्यक्ष लाभ लिन थालेका छन्।

त्यो कार्यक्रमका कारण स्थानीयवासीले पैसा कमाउन थालेका छन्। उनीहरूले आफ्नो संस्कृती र भेषभुसा जोगाउँन थालेका छन्। पर्यटकहरूको स्वागतमा उनीहरू तामाङ गाउँछन्, नाच्छन् र मौलिक परिकार खान्छन्।

सामुदायिक पर्यावरण-मैत्री पर्यटनका कारण जैविक विविधता संरक्षण प्राङ्गारिक कृषि उत्पादनलाई समेत टेवा पुगेको छ।

एक घरबास सञ्चालिका दीपा थिङ भन्छिन् नयाँ काम थालेपछि गाउँ झनै रमाइलो हुन थालेको छ।

रमाइलो गाउँ

उनले भनिन् “देश विदेशका पर्यटकहरू आएपछि रमाइलो भइरहेको छ। आम्दानी बढेको छ। कहिले त म ५० जनासम्मलाई खुवाउन सक्छु।”

सकारात्मक गतिविधिको चर्चा गरिने विकल्पको बाटोमा पर्साबाट माधुरी महतोले पठाएको रिपोर्ट सुन्न श्रव्य सामग्रीमा थिच्नुहोस्।