हात्तीको फुटबल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मैदानमा जब अजङका ‘मेस्सी’ र ‘रोनाल्डो’हरू उत्रिए

  • 29 डिसेम्बर 2018

चितवनमा हात्तीको छावाहरूको फुटबल १० वर्ष अगाडि देखि नै सुरु भएको हो।

पर्यटकहरूलाई आकर्षित गर्न प्रत्येक वर्ष चितवनको पर्यटकीय क्षेत्र सौराहामा हात्तीको छावा बीच फुटबल प्रतियोगिता गरिँदै आएको छ।

चार-चार वटा हात्ती भएको टोलीहरूले मानिसले खेल्ने फुटबल नै खेल्ने गर्दछन्।

प्रत्येक खेल आधा घण्टाको हुन्छ। खेल पन्ध्र-पन्ध्र मिनेटको दुई भागमा विभाजित हुन्छ।

नियम

फुटबलको नियम अनुसार नै खेलिने हात्ती छावा फुटबलमा, फुटबल खेल कै अम्पायर राखिन्छ।

खेलमा फल, अफ साइड, पेनाल्टी लगायतका सबै नियम पालना गर्नु पर्छ।

हात्ती छावा फुटबल खेलको लागि हात्तीको छावाहरूलाई १ महिना अगाडिदेखि अभ्यास गराइन्छ। हेर्नुस् भिडिओ।