सिके भाषा चीनतिर, व्यापार नेपालतिर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

व्यापार बढाउन जसले चिनियाँ भाषा सिके

  • 12 जनवरी 2019

सृजन प्रजापति नेपाली हुन् तर उनी आफ्नो चिनियाँ ग्राहकहरूसँग चिनियाँ भाषामा फर्रर कुरा गर्छन्।

उनको परिवारमा चिनियाँ भाषा बोल्ने उनी पहिलो व्यक्ति हुन्।

उनले माटोको भाँडा बनाउने पुर्ख्यौली पेशालाई निरन्तरता दिए तर नयाँ शैली अपनाएर। भक्तपुरको पटरी स्क्वायर भनेर चिनिने कुमालटोलमा चिनियाँ भाषामा माटोका भाँडा बनाउन उनी आगन्तुकहरूलाई सिकाउँछन्।

धेरैजसो चिनियाँ पर्यटक आउने उनको पसलमा यसरी चिनियाँ भाषा प्रयोग गरेर उनले माटोको भाँडा बनाउने पेशालाई नयाँ मोड दिइरहेका छन्।

२४ वर्षिय सृजन प्रजापति भन्छन् : मेरो पसलमा सबैभन्दा बढी चिनियाँ पर्यटक नै आउँछन्। उनीहरूसँगको व्यापार राम्रो गर्न मैले चीनमा गएर ६ महिना चिनियाँ भाषा सिकेर आएको हुँ।

नेपालमा सबैभन्दा धेरै पर्यटक भारतपछि चीनबाट आउँछन्।

चिनियाँ पर्यटकहरू धेरै आउने भएकाले अहिले उनको परिवारले समेत चिनियाँ भाषालाई प्राथमिकता दिइरहेको छ। उनको दाई पनि नेपालमै चिनियाँ भाषा सिक्दै छन्।

"चिनियाँहरूसँग उनीहरूकै भाषामा अन्तरक्रिया गर्दा उनीहरू निकै खुसी हुन्छन् अनि विभिन्न माटाका भाँडा किन्न रुचाउँछन्," उनले भने।

सृजनको चीन गएर माटोको भाँडा बनाउने विषयमा थप अध्ययन गर्ने योजना समेत रहेको छ।

हेर्नसु सृजना श्रेष्ठको भिडिओ।

अनि यो पनि