रहफ लाई उनको फोनले यसरी बचायो
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

साउदी युवती रहफलाई उनको फोनले यसरी बचायो

  • 10 जनवरी 2019

आफ्नो देश र परिवारबाट भागेर ब्याङ्ककको होटलमा बसेकी एक साउदी युवती रहफ मोहम्मद अल-कुनुनलाई अन्तत: राष्ट्रसंघीय शरणार्थी निकायले वैध शरणार्थी भनेको छ।

अस्ट्रेलियाका अधिकारीहरूले उनको शरणार्थी निवेदनलाई स्वीकार गर्न सकिने सङ्केत दिएका छन्।

उनको फोनबाट उनले ट्विट गर्दै मागेको सहयोगका अपिलहरूले उनको पक्षमा समर्थनको 'बाढी' उर्लियो।

त्यसैले गर्दा उनलाई स्वदेश नै फर्काइदिने सम्भावना टरेको समेत देखियो।

हेर्नुहोस् भिडिओ।