बमजन आश्रम: अन्योल र आक्रोशको घेरामा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

रामबहादुर बमजन विवाद: सिन्धुलीस्थित आश्रम आसपासका गाउँले आक्रोशित

  • 12 जनवरी 2019

'लिटल बुद्ध'का नामले चिनिएका रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा रहेका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्रमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गत बुधवार अपराह्न प्रहरीको एक टोलीले आश्रमको निरीक्षण गरेर कागपत्र माग गरेको थियो।

बमजन उक्त आश्रममा डेढ वर्षदेखि 'गहिरो ध्यान'मा बसेको उनका अनुयायीहरू बताउँछन्।

बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै केही स्थानीय बासिन्दाले आफूहरूलाई आश्रमनजिकै हिँडडुल गर्दा पनि ज्यान मार्ने धम्की दिइएको बताए।

सिन्धुली आश्रममा सुरक्षाघेराभित्र बस्छन् रामबहादुर बमजन

'लिटल बुद्ध' आश्रमबारे प्रहरीको अनुसन्धान अगाडि किन बढेन

बमजन र आश्रमबारे कुरा खुलेर कुरा गर्न उनीहरुले डर मानेका छन्।

'विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी परेको हप्तौं बितिसक्दा पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको भनेर आलोचना भइरहेको छ।

प्रहरी अधिकारीहरूका अनुसार उजुरी परेका स्थानका प्रहरी कार्यालयले जारी गरेको परिपत्रका आधारमा हराएका भनिएकाहरूको खोजतलास भइरहेको बताएका छन्।

आश्रममा रहेका बमजनका अनुयायीहरूले प्रहरी अनुसन्धानलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।