पछिल्ला केही वर्षयता नेपालमा 'स्ट्यान्ड अप' कमेडी विशेषगरि सामाजिक सञ्जालमा युवामाझ निकै लोकप्रिय बन्दै गएको पाइन्छ।
जहाँबाट सुरु भए पनि अहिले नेपालीले त्यसको भरपूर मज्जा लिइरहेका छन्।
नेपाली 'स्ट्यान्ड अप' कमेडीलाई युवाहरूले नै लोकप्रिय बनाएका हुन्।
उनीहरूले यसको विस्तारका लागि सामाजिक सञ्जालको प्रयोग गरेको बताउँछन्।
यसबाट उनीहरूले रमाइलो गर्नुका साथै आम्दानी पनि गरिरहेका छन्।
आलोचना पनि
'स्ट्यान्ड अप' कमेडियनहरूले नाम र दामका साथै केही आलोचना समेत खेप्दै आएको बताउँछन्।
नेपालमा कमेडी सर्कल र नेप-गाज्म नामका क्लबहरूले बेलाबेलामा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएका छन्।
विशेषगरी होटल, रेष्टुरेन्टमा साप्ताहिक रुपमा 'स्ट्यान्ड अप' कमेडियनहरूले आआफ्ना प्रस्तुती पस्कने गर्दछन्।
सामान्यतया २०-३० जनाको उपस्थितिमा आयोजना हुँदै आएका कार्यक्रमहरू हाल सशुल्क अनि ठूलो संख्यामा दर्शकमाझ आयोजना हुँदैआएका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।