अमेरिकी सिमाना सुरक्षाबारे सहमति, अर्को खर्चबन्दी टर्ने

  • 12 फेब्रुअरी 2019
मेक्सिको सिमाना तस्वीर कपीराइट Getty Images

डिमोक्र्याट तथा रिपब्लिकन नेताहरूले सीमा सुरक्षाका विषयमा एक सैद्धान्तिक सहमति गरेसँगै अर्को अस्थायी खर्चबन्दी हुने र अमेरिकी संघीय निकायहरू खर्चविहीन हुने अवस्थाबाट गुज्रिने जोखिम टरेको छ।

सांसदहरूका अनुसार वाशिङटनमा भएको एक बैठकमा नयाँ सहमति जुटेको हो।

सहमतिका बुँदाहरू बाहिर आइसकेका छैनन्। तिनलाई अमेरिकी राष्ट्रपतिले समर्थन गर्लान् वा नगर्लान् त्यो पनि प्रष्ट भइसकेको छैन।

उनले पश्चिमी राज्य टेक्ससमा एक सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

अर्को खर्चबन्दी रोक्न शुक्रवारसम्म दुई पक्षबीच सहमति जुट्न आवश्यक छ।

यसअघिको सरकारी खर्चबन्दी ३५ दिनसम्म लम्बिएको थियो। त्यो अमेरिकी इतिहासकै सबैभन्दा लामो खर्चबन्दी हुन पुगेको थियो।

अघिल्लो खर्चबन्दीका कारण अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलर घाटा भएको अनुमान गरिएको छ।

पछिल्लो सहमतिबारे के थाहा छ?

त्यो सोमवार साँझ वाशिङटनमा डिमोक्र्याट र रिपब्लिकन नेताहरूबीच केही घन्टासम्म चलेको छलफलपछि जुटेको थियो।

रिपब्लिकन सिनेटनर रिच्ड शेल्बीका अनुसार सबै मतभेदहरू हल भएका छन्।

उनले भने, "सबै विषयमा सहमति जुटेको छ। त्यसका बुँदाहरू कर्मचारीहरूले केही दिनपछि बाहिर ल्याउनेछन्।"

ट्रम्प: सीमा पर्खाललाई पैसा पाएनन् तापनि खर्चबन्दी अन्त्य गर्न सहमत

जब 'बाइ-बाइ' भन्दै ट्रम्प बैठक कक्षबाट निस्किए ...