उपहार र सजावटका लागि प्रयोग हुने मुकुण्डोको 'बिक्री बढ्दो'

उपहार र सजावटका लागि प्रयोग हुने मुकुण्डोको 'बिक्री बढ्दो'

काठमाण्डू उपत्यका र नेपालका विभिन्न स्थानमा जात्रा, पर्व तथा विशेष पूजाआजामा मुकुण्डोको प्रयोग गर्ने परम्परा छ।

हिजोआज नेपाली कलात्मक मुकुण्डोहरू तिनमा मात्रै सीमित छैनन्। विदेशी पर्यटकहरूले रुचि राख्ने भएकाले त्यस्ता मुकुण्डोहरू आयआर्जनको स्रोत पनि बनेका छन्।

काठ, माटो र पछिल्लो समय कागजबाट समेत बनाइने मुकुण्डोहरू पर्यटकीय क्षेत्र तथा अन्लाइन साइटको माध्यमबाट किनमेल हुने व्यवसायीहरू बताउँछन्।

पर्यटकहरूले उपहार वा सजावटका लागि मुकुण्डो किन्ने खरिद गर्ने भएकोले त्यसको माग बढेको व्यवसायीहरू बताउँछन्।

माग बढेको भए पनि मुकुण्डो बनाउने कलाको मौलिकता भने हराउँदै गएको कलाकारहरूको गुनासो छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि