राजेशराज दली र केबी पौडेलसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

राजेशराज दली र केबी पौडेलसँग

  • 5 मार्च 2019

ताप्लेजुङमा भएको हेलिकप्टर पछि लामो समयदेखि हुँदै आएको नेपालको हवाई सुरक्षाबारेको चिन्ता फेरि चुलिएको छ।

हवाई सुरक्षा सुदृढ बनाउने जिम्मेवारीमा समेत रहेका पर्यटन तथा नागरिक उड्डयन मन्त्री सहित अन्य उड्डयन अधिकारीले नै दुर्घटनामा ज्यान गुमाएका छन्।

समथर भूभाग भएको तराईभन्दा पनि पहाडी र हिमाली क्षेत्रमा धेरै हवाई दुर्घटना भएको देखिन्छ।

हरेक दुर्घटनाको जाँच र अनुसन्धान हुन्छ। प्रतिवेदन आउँछ। तर दुर्घटना कम भएको पाइँदैन। कारण के हो? जोखिम न्युन गर्ने उपाए के हुन सक्छन्?

यही विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली र नेपाल वायु सेवा निगमका पूर्व क्याप्टेन कृष्णविक्रम पौडेल क्षेत्रीसँग गरिएको एक छलफल।