हरि शर्मासँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

राजनीतिशास्त्री हरि शर्मा: 'अहिले राजनीतिक नेतृत्व दम्भी भएको छ'

  • 14 मार्च 2019

स्पष्ट बहुमत प्राप्त सरकारले सीके राउत समूह र नेत्र विक्रम चन्द समूहप्रति अख्तियार गरेको नीतिले पक्ष र विपक्षमा बहस छेडिएको छ।

देशमा बलियो सरकार हुँदा पनि किन जनमानसमा निराशा छाएको, त्यसको स्रोत के हो र कसरी निवारण हुन्छ?

बीबीसीसँग कुरा गदै राजनीतिशास्त्री हरि शर्मा भन्छन्, "अहिले राजनीतिक नेतृत्व दम्भी भएको छ। चुनिएर गएपछि ऊ आश्वस्त भएको छ जनताका कुरा ऊ सुन्न चाहँदैन। त्यही भएर असन्तुष्टि बढेको जस्तो लाग्छ।"

"समाजबाट विभिन्न विचार निस्कन्छन् भने र मागहरू निस्कन्छन् भने त्यसलाई सुन्नुपर्ने र त्यसलाई निर्दिष्ट ठाउँमा पुर्‍याउने जिम्मा राजनीतिक नेतृत्वको हो।"

विभिन्न समूहबाट अहिले जनमतसङ्ग्रहको माग उठिरहेको छ। 'के विषयमा जनमतसङ्ग्रह गर्ने, के विषयमा नगर्ने' भन्ने बहस कसले र कसरी गर्नुपर्छ?

उनी भन्छन्, "हाम्रो संविधानमा जनमतसङ्ग्रह गर्न सकिने व्यवस्था छ भनेको छ। तर जनमतसङ्ग्रह बडा जटिल विषय हो। हुन्छ वा हुँदैन भन्ने विषयमा जनमतसङ्ग्रह सम्भव हुन्छ। छुट्टिने या बस्ने विषयमा जनमतसङ्ग्रह हुन सक्छ। तर त्यसले उठाउने जटिलताहरूलाई सोच्ने हो भने आधुनिक राज्य संयन्त्रमा जनमतसङ्ग्रह एउटा जटिल प्रक्रिया हो।"