२१ वटा क्याम्पसमा 'महिला प्रमुख हुनुपर्छ'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

२१ वटा क्याम्पसमा 'महिला प्रमुख हुनुपर्छ'

  • 15 मार्च 2019

आन्दोलनरत महिला प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसमा ३३ प्रतिशत महिला प्रमुख नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

काठमाण्डूस्थित पद्मकन्याबाट आन्दोलन घोषणा गरेका उनीहरूले त्रिवि पदाधिकारीले आफूहरूको मागलाई बेवास्ता गर्दै आएको बताए।

'संवैधानिक व्यवस्था अनुसार' देशभरका ६१ वटा क्याम्पसमध्ये २१ वटामा महिला प्रमुख हुनुपर्ने उनीहरूको अडान छ।

उनीहरूले त्रिवि उपकुलपति, रेक्टर र रजिष्टारको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन्।

केही दिनभित्रै माग पूरा नभए आन्दोलन थप चर्को बनाउने उनीहरूले बताए।

त्रिविले उक्त मागहरू नीति अनुरूप नभएको बताउँदै आएको छ।

आन्दोलनरत महिला प्राध्यापक र उनीहरूको आन्दोलनमा सघाइरहेका विद्यार्थी नेतृहरू के भन्छन् ?

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनी यो पनि ।