धुलोमुक्त काठमाण्डू कति सम्भव
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वायुप्रदूषण: धुलोमुक्त काठमाण्डू कति सम्भव

  • 31 मार्च 2019

विश्व स्वास्थ्य सङ्गठनको एउटा अध्ययनका अनुसार नेपाल र भारत दक्षिण-पूर्वी एशियाली क्षेत्रमा वायुप्रदूषणको अग्रसूचीमा रहेका छन्।

गत वर्ष सार्वजनिक भएको सो प्रतिवेदनमा अध्ययन भएका ११ देशमध्ये नेपाल र उत्तर कोरियामा वायुप्रदूषणका कारण हुने मृत्युको सङ्ख्या नेपाल र उत्तर कोरिया उच्च रहेको जनाइएको छ।

नेपालको राजधारी रहेको काठमाण्डू उपत्यकामा सवारीसाधनबाट उत्पन्न धुवाँ र धुलोका कारण वायुप्रदूषण उच्च रहेको छ।

वायुप्रदूषणका कारण छाला, आँखा, श्वासप्रश्वास र मुटुमा समेत समस्या देखिन थालेको चिकित्सकहरू बताउँछन्।

कपडा वा कागजका सामान्य मास्क लगाएर काठमाण्डूको वायुप्रदूषणबाट जोगिन नसकिने छातीरोग विशेषज्ञ डा अर्जुन कार्कीको भनाइ छ।

काठमाण्डू महानगरपालिका भने धुलो बढार्ने गाडी अर्थात् 'ब्रुमर' को सहयोगमा थालिएको सफाइ अभियानको राम्रो प्रभाव केही दिन देखिने बताउँछ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि