विपद्‌को घडीमा प्रदेश नं. २ सरकारले के के गर्दैछ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विपद्‌को घडीमा प्रदेश नं. २ सरकारले के के गर्दैछ

  • 1 एप्रिल 2019

बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको भीषण हावाहुरीका कारण ज्यान गुमाउने पीडित परिवारलाई प्रदेश नं. २ को सरकारले तीन लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने जानकारी दिएका छन्।

सोमवार बिहान प्रदेश सरकारको बैठक बसेको थियो।

राहत र पुनर्वासका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँचसदस्यीय समिति गठन गरिएका राउतले बताए।

उनका अनुसार उनीसँग अन्तर्वार्ता गरेको बेलासम्म बारामा २९ जना र पर्सामा एक जना गरी कुल ३० जनाको ज्यान गएको छ।

दुवै जिल्लामा गरी छ सय जनाभन्दा बढी घाइते भएको गृहमन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

घाइतेहरूको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय लगायतका अस्पतालमा उपचार भइरहेको त्यहाँस्थित बीबीसी संवाददाता माधुरी महतोले बताएकी छन्।

प्रदेश नं. २ को सरकारले विपत्‌को घडीमा सहयोग गर्न सङ्घीय सरकार, स्थानीय सरकार, विभिन्न दातृनिकाय, नागरिक समाज र व्यावसायीहरूलाई अनुरोध गरेको छ।

सुन्नुहोस् मुख्यमन्त्री राउतसँग हाम्रा साथी गनी अन्सारीले गरेको कुराकानी।

सम्बन्धित सामग्री