हावाहुरीपछि खण्डहरजस्तो देखिएका गाउँ: तस्बिरहरू

  • 1 एप्रिल 2019

आइतवार साँझ आएको ठूलो हावाहुरीले बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएको छ। बेलुकी आधा घण्टा चलेको हावाहुरीले बाराको पुरैनिया, भरबलिया लगायतका गाउँहरूमा वितण्डा मच्चाएको थियो।

सोमवार बिहान उद्वार र राहत कार्य हुदै गर्दा गाउँहरू खण्डहरजस्ता देखिएका थिए।

Image caption हावाहुरीका कारण खासगरी बाराका चैनपुर, भरवलिया, फेटा र पुरैनिया खण्डहरमा परिणत भएजस्तो देखिएको पीडितले बताएका छन्
Image caption हावाहुरी र असिना रोकिएपछि उद्धार कार्यमा जुटेका सुरक्षाकर्मीको मानिसहरूले मुक्तकण्ठले प्रशंसा गरिरहेको हाम्री संवाददाता माधुरी महतोले बताएकी छन्
Image caption हावाहुरीका कारण वृद्धवृद्धा र बालबालिकालाई बढी असर परेको बताइएको छ
Image caption खासगरी फुसका घरहरूमा धेरै क्षति भएपछि त्यस्ता घर भएकाहरू घरवारविहीन हुन पुगेका छन्
Image caption घाइतेको सङ्ख्या धेरै भएपछि अस्पतालमा सय्या अभावमा भुइँमै राखेर उपचार गरिँदैछ
Image caption स्थानीयवासिन्दाका अनुसार हावाहुरी यति शक्तिशाली थियो कि त्यसले कच्ची मात्रै नभई पक्की घर पनि भत्काएको थियो
तस्वीर कपीराइट Shrawan Shah
Image caption हावाहुरीले घरभित्रका भाँडाकुँडा छताछुल्ल बनाएपछि खाना पकाएर खाने अवस्था नरहेको पीडितले बताएका छन्
तस्वीर कपीराइट Shrawan Shah
Image caption हावाहुरीका कारण ज्यान गुमाएका मानिसहरूलाई छिमेकीले सान्त्वना दिने गरेका छन्
Image caption भौतिक क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि पीडितहरूले भकारीमा भएका धान लगायतका अन्न छरिएको बताएका छन्