लुक्ला विमानस्थलमा किन दुर्घटना दोहोरिरहन्छ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लुक्ला विमानस्थल: अनुभवी विमानचालकले पनि प्रत्येक 'उडानमा नयाँ चुनौती झेल्छन्'

  • 14 एप्रिल 2019

वैशाख १ गते बिहान सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा एउटा विमान उडान गर्ने क्रममा चिप्लियो र नजिक रहेको हेलिप्याडमा रहेका दुईवटा हेलिकप्टरमा ठोकियो।

घटनामा परेर तीन जनाको मृत्यु भयो।

यसअघि पनि लुक्लामा हवाई दुर्घटना भएका छन्। सन् २००८ मा लुक्ला विमानस्थलमा भएको दुर्घटनामा १२ जर्मन नागरिकसहित १८ जनाको मृत्यु भएको थियो।

सो विमानस्थल विश्वका डरलाग्दा विमानस्थलको सूचीमा पर्छ र त्यहाँ दुर्घटना हुने सम्भावना रहेको बताइन्छ।

कस्ता जोखिम छन् त त्यहाँ विमान उडाउँदा?

सयौँ चोटि गरेर तीन हजार घण्टाभन्दा बढी लुक्ला विमानस्थलमा विमान उडाएका नेपाल वायुसेवा निगम (एनएसी)का क्याप्टेन उद्धव घिमिरे भन्छन्, "भिरालो विमानस्थल भएकाले र तल्लो भेगमा भीर भएकाले उड्ने बेला निश्चित गति लिइसकेपछि विमानमा समस्या नै देखिए पनि रोक्ने सुविधा हुँदैन।"

"दूधकोशीबाट हुस्सु माथि उठिरहने र बत्तीको सहाराले अवतरण गर्न सकिने अवस्था पनि नहुनु विमानस्थलको जटिल पक्ष हो।"

उनीजस्ता विमानचालकहरूको एउटा साझा अनुभव छ- अरू स्थानका कठिन विमानस्थलमा एक-दुईखाले चुनौती हुन्छन्। तर लुक्लामा अन्यत्र हुने थुप्रै चुनौतीहरू एकैचोटि आउँछन्।

उक्त विमानस्थलको विशिष्टता र उडानमा भोग्ने चुनौतीबारे सुन्नुहोस् एनएसीका क्याप्टेन उद्धव घिमिरेसँग प्रदीप बस्यालले गरेको कुराकानी।