बुद्धकृष्णले सातौं पटक जिब्रो छेडे
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बोडेका बुद्धकृष्णले सातौँ पटक जिब्रो छेडे

  • 15 एप्रिल 2019

पेसाले उनी एम्बुलेन्स् चालक हुन् तर आफ्नो टोलमा मनाइने वार्षिक जात्राको बेलामा उनले कैयौँ पटक आफ्नो जिब्रो छेडाइ सकेका छन्।

नेपाली नयाँ वर्षको दोस्रो दिन भक्तपुरको बोडेमा मनाइने जिब्रो छेड्ने जात्राको अवसरमा बुद्धकृष्ण बाग: श्रेष्ठले यस वर्ष फेरि आफ्नो जिब्रो छेडाएका छन्।

जिब्रो छेड्ने जात्रालाई सहकालको देउतालाई पुज्ने अवसरको रूपमा लिने गरिन्छ।

जिब्रो छेड्नुअघि दुई दिनसम्म उपवास बस्ने र जिब्रो छेडेपछि नगरपरिक्रमा गरेर सियो ननिकालेसम्म पानी समेत खान नपाइने प्रचलन छ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने गरिन्छ।

परापूर्वकालमा एउटा राक्षसले निकै दु:ख दिएको र त्यसलाई जनताले मिलेर लखेटेको संकेतको रूपमा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ।

एक किंवदन्ती अनुसार जिब्रो छेड्ने व्यक्तिलाई राक्षसको रुपमा चित्रण गरेकोप्रति बुद्धकृष्णको असन्तुष्टि छ।

जिब्रो छेडाउन अग्रसर हुने व्यक्ति र आर्थिक अभावका कारण यो जात्रा संकटमा पर्दै गएको बताइन्छ।

तर बुद्धकृष्ण त्यो संकट टार्न लगातार अघि सरिरहन्छन्।

हेर्नुहोस् कमल परियारले तयार पारेको भिडिओ रिपोर्ट।

अनि यो पनि

भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा