भूकम्पका चार वर्ष: तपाईँ बस्ने घर सुरक्षित छ?

भूकम्पका चार वर्ष: तपाईँ बस्ने घर सुरक्षित छ?

विनाशकारी भूकम्प गएको चार वर्ष पुग्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य आधा सकिएको बताएको छ।

तर काठमाण्डू उपत्यकाभित्र अझै पन‌ि थुप्रै घरहरू टेकोमा अडिएको देख्‍न सकिन्छ।

आफ्ना सामु अरू विकल्प नभएको भन्दै सर्वसाधारणहरू ती घरहरूमा बसिरहेका छन्।

सानो परकम्प आउँदा समेत अत्तालिएर भाग्नुपर्ने अवस्था कायमै रहेको बताउँदै उनीहरूले सुरक्षाका लागि सम्बन्धित सरकारी निकायले खासै व्यवस्था नगरिदिएको गुनासो गरेका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २०७२ वैशाख १२ गते यता झण्डै ४४ हजारभन्दा बढी सानाठूला परकम्प आइसकेका छन्।

हेर्नुहोस् उपत्यकाका केही महिलाहरूसँगको कुराकानीका आधारमा कमल परियारले बनाएको भिडिओ -

अनि यो पनि