साताका तस्बिरहरू: पानीको कहानी

  • 11 मे 2019

मलाई लाग्छ पानी हेर्नु जीवन हो। एउटा मानिसले यसबाट धेरै कुरा सिक्न सक्छ।

चर्चित लेखक निकोलस स्पार्क्सले द नोटबुकमा लेखेका छन्।

पानी जीवन हो भनिन्छ। लियोनार्दो दा भिन्चीले पानीलाई प्रकृतिको मुख्य शक्ति भनेका छन्।

गर्मी मौसम लाग्दै जाँदा नेपालभर पानीको अभाव देखिन थालेको छ। पानीको हाहाकार पनि छ र पानीसँग जोडिएका जीवनका अप्ठेराहरू पनि छन्।

कर्णालीका बालबालिका तस्वीर कपीराइट RSS
Image caption कर्णालीको धमिलो पानी पिउँदै दैलेख आठबीस नगरपालिका–४ स्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका
Presentational white space
पानीको कहानी तस्वीर कपीराइट RSS
Image caption गर्मी मौसम सुरु भएसँगै दार्चुलाको सदरमुकाम खलङ्गा बजारमा विगत दुई महिनादेखि खानेपानी हाहाकार भएपछि महाकाली नगरपालिकाले स्थानीयलाई दमकलबाट पानी वितरण गर्दै
Presentational white space
पानीको कहानी तस्वीर कपीराइट RSS
Image caption दाङको गढवा गाउँपालिका कालाकाटेमा खानेपानीको हाहाकार भएपछि धारामा पानी भर्नका लागि राखिएका गाग्रीहरू
Presentational white space
पानीको कहानी तस्वीर कपीराइट RSS
Image caption सार्वजनिक धारामा खानेपानी कम आउन थालेपछि जुम्लाको तिला गाउँपालिका रारा गाउँको धारामा पानी आउने समय भन्दा अघि नै पानीको भाडा लिएर पालो कुर्दै स्थानीय बालबालिका
Presentational white space
सत्यवती ताल तस्वीर कपीराइट RSS
Image caption पाल्पाको तिनाउ गाउँपालिकाको सत्यवती तालमा गर्मी बढेसँगै पानी सुक्दै गएको छ
Presentational white space
जोखिमपूर्ण यात्रा तस्वीर कपीराइट RSS
Image caption बर्दिया मधुवन र बाह्रबर्दिया नगरपालिकाको सिमानामा पर्ने कुसुम्बाघाटको नदिमा जोखिमपूर्ण यात्रा
Presentational white space
तुइन तस्वीर कपीराइट RSS
Image caption दार्चुला, व्यास गाउँपालिकाका विद्यालय जाने बालबालिका तुइन मार्फत महाकाली नदी वारपार गर्दै
Presentational white space

सबै तस्बिरहरू राष्ट्रिय समाचार समिति रासस।