पाँच वर्षका एउटा खुट्टा काटिएका बालकको भाइरल बनेको भिडिओ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

एउटा कृत्रिम खुट्टा भएका अफगान बालक यसरी नाच्छन्

  • 14 मे 2019

यी पाँच वर्षीय बालकको एउटा खुट्टा छैन, तर उनलाई नाच्न मन पर्छ।

तालिबान र अफगानी सरकारी फौजबीच भएको भिडन्तमा उनलाई गोली लागेको थियो। त्यतिबेला उनी आठ महिनाका मात्र थिए।

गोली लागेको उनको दाहिने खुट्टा शल्यक्रिया गरेर फ्याँक्नुपर्‍यो। तर उनलाई कृत्रिम खुट्टा उपलब्ध गराइयो।

बढ्दो उमेरका कारण उनले चार पटक कृत्रिम खुट्टा फेरिसकेका छन्।

कृत्रिम खुट्टा टेकेर हर्षित हुँदै उनी नाचेको भिडिओ भाइरल हुन पुगेको छ। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री