ब्राजिलका कैदीहरूको जेलभित्र फेसन शो

  • 29 मे 2019
कारागारमा फेसन शो तस्वीर कपीराइट AFP

साओ पाउलो फेसन शोका मोडेलहरू नामी डिजाइनरहरूका वस्त्र लगाएर आकर्षक स्थानहरूमा क्याटवाक गर्न अभ्यस्त छन्। तर गत हप्ता उनीहरूले नामै नसुनिएका डिजाइनरहरूको सिर्जना एड्रियानो मारे उच्च सुरक्षा कारागारमा प्रदर्शन गरे।

कारागारमा फेसन शो तस्वीर कपीराइट AFP

छानाको स्थानमा काँडे बारले छोपिएको कारागारको आँगनमा उनीहरूले कैदीले बनाएका वस्त्रहरू लगाए।

फेसन शोमा भाग लिन पाएका कैदी डिजाइनरहरूले कारागारका भित्ताहरूमा टाँसिएर बसेर एक अर्काको सिर्जनाको प्रशंसा गरे। कतिपय आफ्नो सिर्जना पुरा गर्न काम गर्दै थिए।

कारागारमा फेसन शो तस्वीर कपीराइट AFP

खैरो प्यान्ट र सेतो टिसर्ट लगाएका कैदीहरूका लागि रङ्गीन कपडाहरूमा सिर्जना गर्नु गर्विलो कार्य थियो।

कारागारमा फेसन शो तस्वीर कपीराइट AFP

ब्राजिली फेसन डिजाइनर गुस्ताभो सिल्भेस्ट्रले परिकल्पना गरेको यो कार्यक्रम तीन वर्षदेखि चलिरहेको छ।

कारागारमा फेसन शो तस्वीर कपीराइट AFP

यो कार्यक्रममा भाग लिने कैदीहरूका लागि तालिममा बिताएको हरेक १२ घण्टाको लागि एक दिन सजाय कम हुन्छ।

कारागारमा फेसन शो तस्वीर कपीराइट AFP

धेरै जसो कैदीहरू लागू औषध ‌औसारपसार वा डकैतीका लागि सजाय पाएकाहरू हुन्।

ती मध्येका एक फिलिप सान्तोस डा सिल्भाले यसले उनीहरूलाई शान्त रहन मद्दत गरेको र धुम्रपान नगर्न सहयोगी भएको बताएका छन्।

कारागारमा फेसन शो तस्वीर कपीराइट AFP

अर्का कैदी ४१ वर्षिय फेडेलिसन बोर्गेसले भने: "मेरो सिर्जनालाई मोडेलहरूले लगाउँदा र अरूले मेरो सिर्जना मन पराउँदा मैले गर्व महसुस गरेँ।"

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।

सम्बन्धित सामग्री