वैदेशिक रोजगार: जाँदा आशा, फर्किँदा निराशा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वैदेशिक रोजगारी: 'जाँदा आशा, फर्किँदा निराशा'

  • 12 जुन 2019

राम्रो कमाइ हुने आशामा बर्सेनि लाखौँ नेपालीहरू वैदेशिक रोजगारीमा जान्छन्। तर घर फर्किँदा धेरै जना निराश देखिने गरेका छन्।

विभिन्न बाध्यताका कारण वा अरूको लहैलहैमा लागेर सीपबिना विदेश गएकाहरूले आफूले दु:ख पाएको बताउने गरेका छन्।

वाचा गरिएको काम, स्थान वा तलब नपाएकाहरू आफ्नो विदेश बसाइ कष्टकर भएको बताउँछन्।

तर केहीको अनुभवमा भने राम्ररी बुझेर वैदेशिक रोजगारीमा गए जोखिम कम हुन्छ।

काम गर्न विदेश जाँदै गरेका र फर्केका केही नेपाली श्रमिकहरूसँग अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको कुराकानीका आधारमा कमल परियारले तयार पारेको भिडिओ।

अनि यो पनि