सीसी क्यामेराको निगरानीमा काठमाण्डू
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सीसीटीभी क्यामरा: प्रहरीको निगरानीमा छ काठमाण्डू उपत्यका

  • 25 जुन 2019

काठमाण्डू उपत्यकाका तीन जिल्लामा जडित ५२९ वटा सीसीटीभी क्यामराको सहयोगमा नेपाल प्रहरीले सुरक्षानिगरानी गर्ने गरेको छ।

सुरक्षाको दृष्टिकोणले संवेदनशील स्थानमा सीसीटीभीको प्रयोग प्रभावकारी बनेको प्रहरीको अनुभव छ।

महानगरीय प्रहरी कार्यालयले हालै गरेको एउटा अध्ययनले उपत्यकालाई पूर्ण रूपमा सीसी क्यामराको निगरानीमा राख्न झन्डै २१ हजारवटा क्यामेरा आवश्यक भएको देखाएको छ।

अपराध नियन्त्रण र प्रमाण सङ्कलनका लागि पनि सीसीटीभीको प्रयोग हुने गर्छ।

तर केही क्यामरा पुराना तथा विद्युत् आपूर्ति तथा प्रकाशको अभावमा उपयोगविहीन बनेका छन्।

हाल ३० दिनसम्म भिडिओ सुरक्षित राख्दै आएको प्रहरीले गृह मन्त्रालयको नयाँ कार्यविधिअनुसार आगामी आर्थिक वर्षदेखि ९० दिनसम्मको भिडिओ राखिने जनाएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि

सम्बन्धित सामग्री